परिस्थितिले राजनीतिमा सक्रिय भए : एकेन्द्र पन्त

163

साझट्युब : २१ जेठ काठमाडौं ।

नेपाली कांग्रेसका युबा नेता एकेन्द्र पन्तको जन्मभूमि दैलेख जिल्लाको दुल्लु नगरपालिका ११ मा जन्मेर बिशेष गरेर दैलेख जिल्लालाई कर्मथलो बनाएता पनि काठमाडौंमा समेत अहोरात्र रुपमा सक्रियाभई राजनीति तथा समाजसेवालाइ निस्वार्थरुपमा कामगर्दै आइरहेका चिरपरिचित व्यक्ति हुन् ।

पन्तकोबिगतको पुस्टभुमिलाइ फर्केर हेर्दा उनि एक कुसल सिक्षक मात्र नभई एउटा सफल बेपारीरुपमा चिरपरिचित थिए ।

मध्यम परिवारमा जन्मेका पन्त आफ्नो पेसा र ब्यबसायलाइ निरन्तरता दिनेक्रममा २०५८ सालामा माओबादी जनयुद्दका कारण उनि दैलेख जिल्ला बाट बिस्थापित हुन बाध्द्य भए ।

त्यसपश्चात काठमाडौं स्थित शान्ति बिद्या गृह माबि लैनचोरमा काजमा रही केहिसमया काम गरे । विस्थापितका कारण दक्षिण कोरियामा समेत कामगर्न पुगे ।

मध्यम परिवारमा जन्मेका कारण दक्षिण कोरियामा लामो समया बस्न सकेन, छोटो समयमै नेपाल फर्केर पुन काठमाडौं स्थित शान्ति बिद्या गृह माबि लैनचोरमा काजमा रही आफ्नो पेशालाइ निरन्तरता दिए ।
दरबन्दी दैलेख तर काज काठमाडौं बसेका पन्त सम्बन्धित जिल्ला शिक्षा अधिकारि र बिद्यालयको दबाबका कारण काज फिर्ता गरियो ।
काज फिर्ताभएलगतै जिल्लाको सम्बन्धित बिद्यालयमा हाजिर हुन जादा सहज ढंगले कामगर्न दिएन ।
जसले गर्दा गाउघरमा बस्ने बाताबरण पनि बनेन, अनि पुन २०६३ तिर काठमाडौं बिस्थापित हुन बाध्य भए ।
बिद्यालयमा पढाउने बाताबरण नभएपछी काठमाडौंमा विभिन्न संघ सस्थामा रहेर समाजसेवामा तल्लिन हुन थाले । समाजसेवाका साथसाथै
नेपालि कांग्रेसको राजनीतिमा सक्रिया हुन थाले ।
हुनत बिगत २०४३,४४ तिर ने बि संघमा आबद्द रही बिधार्थीरुपमा काम गरे, निज पन्त २०४६ देखि २०४९ सम्म बिरेन्द्र बहुमुखी क्याम्पसको इकाई सह – सचिब को रुपमा पनि काम गर्दै आए ।

२०४९ सालदेखिनै होलसेल ब्यापार सुरु गरेका पन्त २०५० सालको सिक्षा सेवा अयोगको परिक्षाबाट नाम निकालेर बिधालयमा सिक्षण पेसामा आबद्ध भए ।
बेपार र सिक्षालाइ संग संगै अगाडी बढाइरहेकाबेला माओबादीका कारण जिल्ला बाट बिस्थापित हुन बाध्य भएका हुन् । बिस्थापिता भैसकेपछि काठमाडौंलाइ कर्मथलो बनाउदै राजनीति र समाजसेवामा सक्रियरुपमा लाग्न थाले ।

काठमाडौंलगायत विभिन्न जिल्लामा समाजसेवा गर्ना थालेका पन्त २०६८ सालदेखि नेपालि कांग्रेस दैलेख काठमाडौं सम्पर्क समतिको सभापतिको रुपमा कामगर्दै आइरहेका छन् ।
हाल नेपालि कांग्रेसका केन्द्रिय माहाधिबेसन प्रतिनिधिरुपमा सक्रिय छन् ।

२०७४ सालको प्रदेश सभासदको लागि दाबि गरिरहेका पन्तलाइ केन्द्रिय नेतृत्वोले अवसर बाट बन्चित गरियो । अवसर बाट बन्चित गरिएता पनि निज पन्तलाई अन्याएका बाबजुद प्रदेश सभाको प्रचार प्रसार समतिको संयोजकको रुपमा जिम्मेवारी दिएकोमा सफल्लाता पुर्बक सम्मपन्न गरि जिम्मेवारी बहन गरेका थिए।

भखर्रै सम्पन्न स्थानीय चुनाबको जिम्मेवारीको रुपमा पनि गठबन्धनको तर्फबाट दुल्लु नगर पालिकामा प्रचार प्रसार समतिको सम्योजगको रुपमा काम गरि पार्टीलाई बिजयी बनाउन सफल रहेका थिए ।

LEAVE A REPLY