पालुङटार मेयर जसपालाई, उपमेयर एमालेलाई सहयोग गर्ने चुनावी तालमेल

153

साझाट्युव : वैशाख २७ , गोरखा ।

गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।

एमाले र जसपाको जिल्ला नेतृत्वबीच पालुङटारको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति भएको हो ।

उनीहरुले वडाअध्यक्ष पदमा समेत तालमेल गरेका छन् । जस अनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपाले लिने र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमति भएको छ ।

सहमतिपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY