
साझट्युब : ३१, वैशाख, रुकुमपूर्व ।
पूर्वीरुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका बिरमान कामीको प्यानल नै विजयी भएको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका बिरमान कामीले ४ सय मत ल्याएर बिजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छाया पुनले ३ सय २६ मत ल्याई हार बेहोर्नु पर्यो।
यसैगरी महिला सदस्य मल्ति पुन ४०८, दलित महिला सदस्य लक्षिण नेपालीले ४०४, खुला सदस्य धन पुनले ३८४ र विक्रम पुनले ४०६ मत ल्याएर विजयी भएका छन् ।
७४ मत अन्तरले पछि पार्दै बिरमान कामी विजयी भए ।