साझट्युब :२ जेठ, काठमान्डौ ।
नेपाल आयल निगमले भारत देखि खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि पनि बढेर आएको छ । यससँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको हो । यो भन्दा अघि निगमले भारतदेखि खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्यसूची बमोजिम नयाँ खरिद लागत पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको जनाएको छ । निगमले भारतबाट नै मूल्य बढेर आएकाले फेरि मूल्य बढ्ने संकेत भएको छ । यद्यपि अहिलेसम निर्णय भने भएको छैन ।
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ दुई दिनअघि मात्रै निगमलेवृद्धि गरेको थियो । युक्रेन युद्ध जारी रहेकै बीच पछिल्लो १५ दिन यता अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोल, डिजेल अनि हवाई इन्धनको मूल्य अझै बढेर गएको निगमले जनाएको छ । यो परिस्थितिमा खरिद मूल्य बढ्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ४ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने देखिएको निगमको जनाएको छ ।
निगमका बमोजिम इण्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद बापतको रकम महिनामा दुईपटक भुक्तानी हुनुपर्ने प्रावधान रहेको छ । जस बमोजिम निगमले मे २०२२ को लागि पहिलो किस्ता भुक्तानी गर्दा रु १२ अर्ब ८० करोड भुक्तानी दिनलाइ नसकेको र सो रकम बक्यौता रहन गएको बताएको छ । दोस्रो किस्ता वापत आगामी मे २३ मा थप करिब रु १८ अर्ब भुक्तानी गर्नुपर्ने भएको भन्दै निगमले जटिल परिस्थितिमा रकमको जोहो गरी आपूर्ति सहज गर्न ठूलो चुनौती रहेको जनाएको छ ।
, ‘पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था साथै विक्री वितरण सहज बनाई राख्न निगमलाई नपुग रकम व्यवस्थापन गरी दिनुपर्ने वा सहुलियत ब्याजदरमा विभिन्न वितीय संस्थाहर देखि ऋणको व्यवस्था मिलाई दिनुपर्ने अवस्था भएको निगमले बताएको छ।’