पेट्रोलियम पदार्थको मूल्य वृद्धिभएसँगै हवाई भाडा,बढ्यो

205
Aerial flying airplane and sky landscape close-up in China

साझट्युब :जेठ ९, काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा पनि बढाएको छ । सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक सङ्घले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँबाट अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि भएको छ ।

सङ्घका भनाइ अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ त्यस्तै काठमाडौं–सिमरा ९० रुपैयाँ बढेको छ ।भने अब काठमाडौंबाट धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ भएको छ ।

यसैगरी काठमाडौंदेखि नेपालगञ्जको भाडा १२ हजार ८९५,भएको हो, भने भद्रपुरको ११ हजार ९३५ रुपैयाँ,त्यस्तै विराटनगर ९ हजार ३२५, जनकपुरको पुगेको छ |त्यस्तै ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ भएको छ । बढेको भाडा आगामी बुधवार अर्थात् जेठ ११ गतेबाट लागू हुने सङ्घले बताएको छ ।

गत आइतबार एक सूचना जारी गर्दै नेपाल आयल निगमले पेट्रोल–मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको थियो भने यता हवाई इन्धनको पनि प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो । खाना पकाउने एलपी ग्यासको भने एकै पटक २०० रुपैयाँ मूल्य वृद्धि गर्दै निगमले प्रतिसिलिन्डर १८०० रुपैयाँ भएको बताएको छ ।

 

LEAVE A REPLY