प्रकृति जोगाऔं अभियनता शेर्पाको हरेक बिहान

381

साझाट्युव : चैत ६, काठमाडौं।
प्रकृति जोगाऔं अभियनता पिके शेर्पाले आफ्नो जीवनको लगभग २५ वर्ष प्रकिति जोगाऔं अभियानमा खर्च गरिसकेका छन्। अझ यसै अभियानमा उनि निरन्तर बढिरहेका छन्।
शेर्पा यसै अभियान अन्तर्गत केहि महिना अघि मात्रै उनले आफ्नो बालक छोरा सोनाम शेर्पालाई लिएर विश्व सर्वोच्च शिखर ‘सगरमाथा ‘आरोहण पनि गरिसकेका छन्। शेर्पा बाबुछोराको अभियान यतिमा मात्रै सिमित हुने होइनकि अझ विश्व सातै महादेशको उच्च हिमाल चढ्नु हो र अबको दोस्रो यात्रा पश्चिमा देशको उच्च हिमाल चढ्ने तयारि पनि गरिरहेका छन् ।

उनै बाबुछोराले प्रकिति जोगाऔं शन्देश फैल्याउन ‘पी एस फ़ाउण्डेशन ‘पनि खोलेका छन्। अरुले केवल मुखले मात्रै गर्छन् हामि व्यवहारिक गर्छौं भन्दै उनीहरुले काठ्माण्डौको कपन ‘आकाशेधारामा ‘२२ रोपनी जग्गा भाडामा लिइ ‘अर्गानिक कृषि फारम ‘समेत शुरु गरिसकेका छन् र त्यहि नै ‘पी एस फ़ाउण्डेशन ‘को कार्यालय पनि राखेका छन्।

उनै अभियनता शेर्पाले आफ्नो बिहानको दैनिकी बताउदै ‘ व्यवाहारिक कार्य गर्न म सधै बिहान एउटै भएपनि बिरुवा रोप्छु ,हामीले हाम्रो फ़ाउण्डेशन मार्फत ‘फ्री ट्री’अभियान पनि चलाएका छौं। जसमार्फत कसैलाई बिरुवा चाहिए सित्तैमा दिने अनि कसैले हामीलाई दिन चाहे सित्तैमा लिएर हामि रोप्छौँ ‘ पनि भने।
साच्चै,समाज अनि समग्र विश्वप्रति विचारसिल उनै शेर्पा बाबुछोराको साझाट्युव डटकम पनि प्रसंशा गर्दै अझ सफलताको कामना गर्दछ।

उनको जीवनी ‘पिके शेर्पा’ नामक शिर्षकमा कक्षा ७ को मिठो शृंखलामा पनि प्रकाशित भएको छ। जसअन्तर्गत राष्ट्रकवि माधव प्रसाद घिमिरेको कविता हरफ ‘नेपालि हामि रहौंला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ‘ संग हुबहु मिल्दो व्यवहारिक कार्य प्रकट गरिरहेका अभियन्ता शेर्पाको जीवनीबाट हाम्रा बालबालिकाले अवर्णनीय शिक्षा ग्रहण गर्न सक्दछ।
बाकिकुरा यसबाट पनि जान्न सक्नु हुनेछ :

LEAVE A REPLY