प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाने

38

साझाट्युव : काठमाडौं, १३ मंसिर २०८१, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाने भएका छन्।

बिहीबार भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बताए ।

पाण्डेका अनुसार सरकारी र निजी क्षेत्र गरी भ्रमण टोली ८७ सदस्यीय हुने भएका छन् ।
सरकारी खर्चबाट जाने टोली ३९ सदस्यीय रहने छन् ।

मन्त्री पाण्डेका अनुसार चीन भ्रमणमा परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि सहभागी हुने बताए ।
प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा निर्धारण भइनसकेको समेत उनले जानकारी दिए ।

LEAVE A REPLY