साझाट्युव : २८ वैशाख, काठमाडौं ।
निर्माता राजीव गुरुङको फिल्म ‘२ नम्बरी’ को छायाङ्कन सकिएको छ ।उनि गण्डकी प्रदेशका खेलकुदमन्त्री हुन् भने प्रस्तुतकर्ता किरण नेपाली हुन् ।
छायाङ्कन सुरु भएको २६ औं दिनमा फिल्म सकिएको फिल्मको निर्देशक दीपेन्द्र लामाले बताए ।यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन र उपासना सिंह ठकुरीको भूमिका रहेको छ ।
यस फिल्मको छायाङ्कन पोखराको रमणिय ठाउँहरुमा गरिएको छ ।
मित्रताको कथामा बनेको फिल्म कात्तिक ४ मा रिलिज हुनेछ । दुई वर्ष अगाडि कोरोनाको कारण रोकिएको फिल्म कलाकार हेरफेर गरेर छायाङ्कन पुरा भएको हो ।