फोहोर उत्पन्न हुने ठाउँमा नै व्यवस्थापन गर्ने

140

साझट्युब :  १८ जेठ काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले काठमाडौं महानगरपालिकामा फोहोर उत्पन्न हुने ठाउँमा नै व्यवस्थापन गर्ने गरी काम भइरहेको बताएकी छन् ।

बुधबार होटल संघ नेपालले आयोजना गरेको कार्यक्रममा उनले काठमाडौं महानगरपालिकाको मुख्य चुनौती नै फोहोर व्यवस्थापन भएको बताइन् ।

घरबाट निस्कने ७५ प्रतिशत फोहोर कुहिने र १५/१६ प्रतिशत फोहोर प्लास्टिकजन्य हुने भन्दै उपमेयर डंगोलले महानगरपालिकाले फोहोरको दिगो व्यवस्थापन खोजिरहेको बताइन् ।

LEAVE A REPLY