बञ्चरेडाँडामा फोहोर फ्याँक्ने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हान्यो अश्रुग्यास

194

साझट्युब : २५ जेठ, काठमाडौं ।

बुधबार काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । त्यसपछि स्थानीय आक्रोशित भएका थिए ।

तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले जनाए ।

स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको उनको भनाइ छ ।

LEAVE A REPLY