बाग्लुङमा स्वच्छ,निष्पक्ष मतदान नभएको भन्दै पुन मतदान गर्न निवेदन

240

साझट्युब : ३१, वैशाख, बाग्लुङ ।

 बाग्लुङको ढोरपाटन नगरपालिका मेयरका उम्मेदवार चन्द्रलाल अर्यालले पुन मतदान गर्न निवेदन दिएका हुन् । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अर्यालले पुन मतदान गर्न निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

नगरपालिका ४ स्थित छोरेगाउँ माध्यमिक विद्यालय र हिमाल आधारभूत विद्यालयको मतदान केन्द्रमा स्वच्छ,निष्पक्ष मतदान नभएको भन्दै पुन मतदान गर्न अर्यालले निवेदन दिएका हुन्।

वडा नम्बर ४ को पुन मतदान नहुँदासम्म मत गणना हुन नदिने उनको भनाई छ।

LEAVE A REPLY