
साझाट्युव : १४ असार, काठमाडौं ।
नेकपा एमालेबाट अलग्गिएर बसेका बामदेव गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।
आफै संयोजक बसेका गौतमले नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान घोषणा गरेका छन् । जसमा ७५ सदस्यीय केन्द्रीय समिति सदस्य छन् ।
नेकपा विभाजन भएपछी छुट्टै अभियान थालेका गौतमले आफू निकटकाहरूको भेला गर्दै आइरहेका थिए । नेकपालाई बिउताउने प्रयास गरिरहेका गौतमले एकीकरण हुने अवस्था नदेखेपछि आफ्नै नेतृत्वमा नयाँ दल गठन गरेका हुन् ।