बेलायतकी महारानीलाई अष्ट्रेलियाकी सांसदले ‘उपनिवेशवादी’ भने

134

साझाट्युव :१९ साउन, काठमाडौं ।

अष्ट्रेलियाकी एक आदिवासी सांसदले शपथ ग्रहणको समयामा बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेपछि शपथ लिनुको लागि दोहोर्‍याएउन परेको छ ।

शपथ ग्रहणको व्यहोरामा नै सिनेटर लिडिया थोर्प आफैले आफूखुसी केही शब्दलाइ थप्दै महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेकी छन् ।

उनि शपथ लिन जदैगर्दा उनले दायाँ हात माथि उठाउँदै मुठ्ठी कसेकी थिइन् । शपथ लिदैगर्दा उनले भनिन्, ‘म सम्प्रभु लिडिया थोर्प पूरा निष्ठा र इमान्दारीका साथ शपथ लिन्छु कि म बफादार रहँदै महारानी एलिजाबेथ द्वितीयको उपनिवेशप्रति सच्चा निष्ठा राख्दछु ।’

उनले यसो भनेसंगै सभामुख सु लाइन्सले रोकिन् र शपथको व्यहोरामा रहेको शब्दलाइमात्र बाचन गर्न भनिन् । त्यसपस्चात सिनेटर लिडिया थोर्पले दोहोर्‍याएर शपथ लिएका थिए । शपथ पछि संसदमा मुठ्ठी उठाएको आफ्नो फोटोलाइ राख्दै ‘सम्प्रभुता कहिल्यै झुक्दैन’ लेखेर ट्वीट उनले गरेकी छन् ।

उनि गत साता भएको सांसदहरुको शपथ ग्रहणमा अनुपस्थित रहेकाले एक्लै शपथ ग्रहण लिएकी थिइन् । थोर्पले भिक्टोरिया राज्यबाट ग्रिन्स पार्टीदेखि संसदमा प्रतिनिधित्व गर्छिन् । अहिले अष्ट्रेलियामा लेबर पार्टीको नेतृत्वमा सरकार रहेको छ । एन्थोनी अल्बानेजी प्रधानमन्त्री पदमा रहेका छन् ।

९६ वर्षीया रानी एलिजाबेथ अष्ट्रेलिया राज्यको प्रमुख हुन्छिन् । त्यहा उनलाई साक्षी राखेर शपथ ग्रहण लिने गरिन्छ । अष्ट्रेलिया एक सय वर्षभन्दा बढी समयसम्म बेलायतको उपनिवेश रहेको थियो । यस समयामा हजारौं मूल अष्ट्रेलियाली नागरिकहरुले ज्यान गुमाउनु परेको थिए थियो भने कयौं बिस्थापित रहेका थिए ।

सन् १९०१ मा अष्ट्रेलिया स्वतन्त्र भएता पनि अझै पूर्ण गणराज्य बन्न सकेको छैन । सर्वेक्षणहरूमा अधिकांश अष्ट्रेलियाई गणतन्त्रको पक्षमा उभिएको देखिएका छन् । तर राज्यको प्रमुख कसरी चुन्ने भन्ने विषयमा भने खासै सहमति भएको छैन । रानीको स्थानमा संसदकै सदस्यमध्ये एक चुनिने वा अन्य जनप्रतिनिधि भन्ने विवाद यथावत रहेको छ ।

LEAVE A REPLY