
साझट्युब : ३१ वैशाख, बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता लिएको छ । ४७० मत गणना हुँदा गजेन्द्रबहादुर चन्दले २९८ मत प्राप्त गरेका हुन् ।
एमालेका अम्मर कुवँरले ६८ मत पाएका छन्, भाने नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेन्द्र विष्टले ३१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका उपाध्यक्ष उम्मेदवार मञ्जु बोहराले १५७ मत प्राप्त गरेकी हुन्, भाने राप्रपाका देव बहादुर चन्दले ९७ र माओवादी केन्द्रका दिलाराम भट्टले ७५ मत पाएका छन् ।
सुर्नयाको वडा नं. १ मा नेकपा एमालेको विजयी भएको छ ।
त्येस्तै बैतडीको पुर्चाैडी नगरपालिकामा नेपाली कांग्रेसले अगाडी रहेको छ । ५ सय मत गणना भएकोमा नेपाली कांग्रेसका उम्मेदवार दीपक बहादुर बमले १८७ मत पाएका छन् । त्यसैगरी माओवादी केन्द्रका विक्रम कुँवरले १४४ र नेकपा एमालेका उम्मेदवार कर्ण कुवँरले १२७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका मिना धानुकले १८० मत प्राप्त गरेका छन्,भाने एमालेकी जानकी सावँदले १४३ र माओवादी केन्द्रकी उम्मेदवार नन्दा कुमारी साहले १३३ मत पाएकी छिन् ।