
साझाट्युव : वैशाख २०, काठमाडौं ।
बैतडीको डिलासैनी गाउँपालिकाको वडा नं ५ वडाका सदस्यका उम्मेदवारमा उठेका हरिराम साउँदमाथि खुकुरी प्रहार गरेको छ ।
सोमबार राति लगभग साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन।
माओवादी केन्द्रबाट उम्मेदवारमा उठेका साउँदमाथि स्थानीय अजित साउँदको समूहले प्रहार गरेको बुझिएको छ । तर उनीहरुको खोजी कार्य भइरहेको जोशीले बताए छन् ।
गम्भीर घाइते भएका उनका टाउको साथै शरीरमा पनि गहिरो चोट लागेको बताएको छ ।
स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि साउँदलाइ उपचारका निम्ति धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।