
साझट्युब : ७ जेठ, चितवन।
चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार ५ सय ४० मतले अग्रतामा रहेकी हुन् । अहिलेसम्म ७९ हजार ९ सय १० मतगणना भएकोमा उनले ३१ हजार १ सय २२ मत ल्याएकी हुन् ।
त्यस्तै दाहालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १० हजार ९ सय ७८ मत प्रप्तगरेका छन् ।
यसैगरी उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३३ हजार ५ सय ३१ र राप्रपाकी हिमला गुरुङले १९ हजार १ सय ४ मत पाएकी छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयले दिएको जानकारीअनुसार महानगरको १४ वडासम्मको मतगणना सकिसकेको छ, भने अहिले वडा १५ र १६ को मतगणना जारी रहेको छ ।
महानगरमा २९ वडा रहेका छन् । कुल १ लाख २७ हजार ५ सय ६६ मत झरेको छ । जम्मा मतदाताको ६८ दशमलव ६८ प्रतिशत मत झरेको थियो ।