भारत बिहारका नितिश कुमारले मुख्यमन्त्रीबाट राजीनामा दिए

220

साझाट्युव :  २४ साउन, काठमाडौं ।

भारत बिहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारले मुख्यमन्त्री पददेखि राजीनामा दिएका छन् । उनले मंगलबार राज्यपाल फागु चौहानसंग भेटेर राजीनामा दिएका छन् ।

राज्यपाल चौहानसित भेटेर नितिश कुमारले सञ्चारकर्मीहरूसंग आफूले पददेखि राजीनामा दिएको बीबीसीसंग बताए ।

 

राजीनामा दिसकेपछि उनले भने, ‘पार्टीका सबै विधायक र सांसदहरू एनडीए गठबन्धनदेखि अलग हुन चाहन्छन् ।’ गठबन्धनमा सहभागी भारतीय जनता पार्टीसित मतभेद भएपछि जनता दल युनाइटेडले आज बिधायक र सांसदहरूको बैठक बोलाएको थियो ।

उक्त बैठकमा एनडीए गठबन्धनलाइ छाड्ने निर्णय गरेको र उक्त निर्णयलाई आत्मसाथ गर्दै आफूले राजीनामा दिएको उनले स्पष्ट समेत पारे ।

 

राजीनामा दिएता पनि नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने अनुमान समेत छ । कांग्रेस र अन्य विपक्षी दलहरूले समेत नितिश कुमारकै नेतृत्वम सरकार बनाउन समर्थन दिने संकेत पनि रहेको छ ।

नितिश कुमारले राज्यपाललाई राजीनामा दिएसंगै नितिश कुमार पूर्व मुख्यमन्त्री राबडी देवीको घर पुगेका छन् । उनी र तेजस्वी यादवबीच नयाँ सरकार गठनका बारेमा पनि छलफल हुने जानकारी दिएको छ ।

LEAVE A REPLY