भोट हाल्नुभएन भने देश दुर्घटनामा जान्छ – अध्यक्ष प्रचण्ड

300

साझाट्युव : वैशाख २२, चितवन ।

बिहीबार चितवनको भरतपुरमा भएको ५ दलीय गठबन्धनको संयूक्त सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन बासीले गठबन्धनलाई भोट नहाले देश दुर्घटनामा जाने बताएका छन् । उनले रुखवालालाई चितवनमा हँसिया हथौडामा भोट हाल्न सकस भएकोले वाम गठबन्धनतिर गएको उल्लेख गरे । गठबन्धन अहिलेको राष्ट्रको आवश्यकता भएको बताएका छन् ।

अहिले देशका लागि सहमति, सहकार्य, एकताको आवश्यकता रहेको बताउँदै उनले अहिलेको गठबन्धन प्राकृतिक गठबन्धन रहेको बताए ।

‘अलि बढि शुद्धता मा हिड्न रुचाउने, साथीहरूलाई म भन्न चाहान्छु,’ उनले भने, ‘चितवनवासी सबै तपाईहरूले आन्दोलनका अग्रणी भूमिका हुनुहुन्छ । केही साथीहरूले गठबन्धनको विरोध गरेको पनि सुने । तर उहाँहरुको विचारलाई अपमान गर्न चाहन्छ । ४६ सालको आन्दोलनबाट रुख र हँसिया हथौडाको सम्झौताहरु हुँदै आएको थियो । गिरिजाले मृत्यु शय्यामा पुग्दा पनि उठाएको सहमति र समझदारी के गलत थियो ?’

उनले अघिल्लो निर्वाचनमा एमालेसँग गरेको गठबन्धनबाट आफूले पाठ सिकेकाले त्यसमा शंका नगर्न पनि अनुरोध गरे । ‘अघिल्लो निर्वाचनमा शेरबहादुर देउवालाई भनेर भोट हाल्न चितवनको जनताले गाह्रो मानेर बामपन्थीसँग मिलेर हुन्छ कि भनेर गएको थिएँ,’ उनले भने, ‘तर अब म दायाँबायाँ गर्दिन । मैले त्यसबाट पाठ सिकेको छु । ममाथि शंका नगर्नुहोस् ।’

प्रचण्डले रेणु दाहालले आफ्नो कार्यकालमा राम्रो काम गरेको बताए । उनले प्रचण्डको छोरी भएकैले काम गरेको हाेइन भन्दै उनी आफ्नै बलले गरेको उनको भनाइ छ । उनले रेणुलाई फेरि एकपटक जिताउन पनि आग्रह गरे ।

भरतपुरको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सहभागी छन् ।

LEAVE A REPLY