मंकीपक्स भाईरसकाे अवस्था बारेमा छलफल गर्न डब्ल्यूएचओको आउने हप्ता आपतकालीन बैठक हुने

131

साझट्युब :  १ असार,काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा हालसालै देखापरेको मंकीपक्स भाईरस संक्रमणको स्थिति निकै असामान्य साथै चिन्ताजनक भएको भनेका छन् ।

संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले यो विषयमा छलफलका निम्ति आउने हप्ता आपतकालीन समितिको बैठक बोलाएका छन् । सो बैठकमा मंकीपक्स भाईरस संक्रमण अन्तर्राष्ट्रिय सार्वजनिक चिन्ताको विषय हुन सक्छ वा सक्दैन भन्ने विषयमा छलफल हुने जानकारी दिएका हुन् । अहिलेसम्म ३९ देशमा पाइएको मंकीपक्स १६ सय भन्दा बढीमा प्रमाणित भएको छ, भने १५ सय बढीमा संक्रमणको आशंका गरिएको डब्ल्युएचओले बताएको छ ।

यसैगरी तीब्र रुपमा संक्रमण फैलनुको मुख्य कारण भनेको शारीरिक सम्बन्ध नै भएको समेत दावी गरेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससका भनाइ अनुसार ३९ देशमध्ये ७ देशमा धेरैवर्षा अगाडीबाट भाईरस संक्रमण देखा पर्दै आईरहेको हो ,भने ३२ देशमा पहिलो पटक संक्रमण देखा परेको छ । यस वर्ष मात्रै संक्रमणका कारण ७२ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY