मतदाताको मत बदर हुने अवस्था र मतदाताले ध्यान दिनुपर्ने कुरा ?

159

साझाट्युव : वैशाख २०, काठमाडौं ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विचार पुर्‍याएर मतदान गर्नआग्रह गरेको छ । अन्यथा मत बदर हुनसक्ने आयोगले सचेत गराएको छ । स्थानीय तह निर्वाचनमा एक मतदाताले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ ।

आयोगका मत बदर हुने अवस्था यसप्रकार छ :

  • सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
  • औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सब्केत गरिएको,
  •  मत सब्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
  •  उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सब्केत नगरी अन्यत्र मत सब्केत गरिएको,
  •  उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सब्केत गरिएको,
  •  कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सब्केत नगरिएको,
  •  निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत सब्केत गरिएको,
  •  मत सब्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
  •  आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
  •  मतपेटिका भन्दा बाहिर राखिएको, जाली मतपत्र ।

निर्वाचनको सन्दर्भमा मतदाताले देहायका कर्तव्य पूरा गर्नुपर्छ :

  • मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने,
  • निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पु¥याउने,
  • मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हुलदङ्गामा नलाग्ने,
  • मतदानको दिन कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा सब्केत भएको पहिरन, परिचयपत्र र व्याज   नलगाउने ,
  • मतदानको दिन सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य नगर्ने तर शारीरिक
  • रूपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन
    प्रयोग गर्न सकिने ,
  • आचारसंहिता उल्लङ्घन भएको देखिएमा निर्वाचन आयोग, निर्वाचन अधिकृत वा निर्वाचनमा खटिएका कर्मचारीलाई जानकारी गराउनु पर्नेछ ,
  • कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन । एउटै निर्वाचनका लागि एक भन्दा बढी पटक मतदान गर्न हुँदैन ,
  • कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन । यदि गरेमा कानून बमोजिम कारवाही हुनेछ ।

निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा :

  • शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, सेयर र कमेन्ट नगरौं,
  • सूचनाको विश्वसनीयता जाँच गरौँ,
  • निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउन्ट सञ्चालन नगरौं,
  • निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) दिने जस्ता कार्य नगरौं,
  • कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी÷गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट नगरौँ,
  • कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण नगरौँ

LEAVE A REPLY