मन्त्रीहरु हेरफे गर्ने रविरुद्धमा उभिए एकीकृत समाजवादीका १० सांसद

133

साझाट्युव : १०, असार काठमाडौं ।

एकीकृत समाजवादीदेखि मन्त्री बनेकाहरुले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने भनेका हुन् । उनीहरुले आफूहरुलाई पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि समेत भएका जानकारी दिएका छन् ।

आठ बुँदे ध्यानाकर्षण पत्रमा मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ लगायत ६ जना सांसदको हस्ताक्षर रहेको छ ।

 

अध्यक्ष माधव कुमार नेपालले यो भन्दा अगाडी नै अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेर पठाई सकेका थिए । तर त्यस समय बजेट अधिवेशन चलिरहेको र मन्त्रीहरुले जवाफ दिनुपर्ने भन्दै तत्कालका निम्ति मन्त्री हेरफेरको गृहकार्य स्थगित गरेका थिए । बजेट पारित भएलगतै फेरि पनि अध्यक्ष नेपालले मन्त्री हेरफेर गर्नुपर्ने भनेपछि एकीकृत समाजवादी देखि मन्त्री बनेकाहरु रुष्ट भएका छन् ।

उनीहरुद्वारा बुझाएको ध्यानाकर्षण पत्रमा लेखिए अनुसार बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै / भोलि मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्दैन ।’

 

गत जेठमा २२ मा एकीकृत समाजवादीको सचिवालय बैठकले स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस समेत गरिसकेको थियो । मन्त्रीका निम्ति नयाँ नाममा भवानी खापुङ, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीको नाम सिफारिस भएको थियो ।

त्यसैगरी नयाँ मन्त्रीको रुपमा गरिएको सिफारिस पनि असन्तुलित साथै असमावेशी रहेको उनीहरुको भनाइ रहेको छ । उनीहरुले मन्त्री हेरफेर लगायतका बारेमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन माग समेत राखेका छन् ।

LEAVE A REPLY