
साझाट्युव : बैशाख ८, काठमाडौँ ।
स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न आज नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार महानगर र उपमहानगरको उम्मेदवार आजै टुंगो लगाउने एमालेको तयारी रहेको छ ।
बैठक आज बिहिबार दिउँसो १ बजे, पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने भएको छ ।
त्यस अघि एमालेको केन्द्रीय सल्लाहकार परिषदको बैठक पनि बस्दै छ ।रिजालले बताए अनुसार , सल्लाहकार परिषदको बैठक पनिआज बिहान ११ बजे ए वान पार्टी प्यालेस शंखमुलमा बस्ने छ ।