महारानीको समाधि १० देखि १२ दिनभित्र हुने अनुमान

196

भदौ २४, एजेन्सी ।

बेलायतमा सबैभन्दा लामो समय गद्दीमा बसेकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बाल्मोरलमा परिवारको सदस्यहरुको बीचमा निधन भएको छ। उनले सन् १९५२ मा गद्दी सम्हालेकी ७० वर्षसम्म शासन गरेकी छिन् ।

बीबीसीका अनुसार अब उनको अन्त्येष्टि प्रक्रिया सुरु हुनेछ भने यो झण्डै दुई साता लामो हुनेछ ।

महारानी एलिजाबेथको शवलाई बाल्मोरलबाट लन्डन ल्याइने छ र बकिङ्घम दरबारमा राखिने छ ।अनि, त्यहाँबाट राजपरिवारका सदस्य र सैन्य अधिकारीसहित शव यात्रा गरेर वेस्टमिन्स्टर हलमा ल्याइने बताइएको छ ।

उनको शव चार दिन वेस्टमिन्स्टर हलमै राखिने छ । जसका लागि साजसज्जायुक्त मञ्च निर्माण गरिनेछ भने त्यहाँ निशान छापको झन्डा ओढाइन्छ र राजदण्डलाई पनि शवसँगै राखिने छ ।त्यहाँ सर्वसाधारणलाई श्रद्धाञ्जली अर्पण गर्न दिइने ।

एलिजाबेथ द्वितीयको समाधि समारोह भने वेस्टमिन्स्टर एबी (चर्च) मा गरिने छ, जहाँ उनको विवाह र राज्यारोहण समारोह समेत भएको थियो ।

उनको समाधिको मिति दरबारले घोषणा गरेको छैन । तर निधन भएको १० देखि १२ दिनभित्र हुने अनुमान छ ।

LEAVE A REPLY