मोरङको बेलबारीमा मोटरसाइकल दुर्घटनामापरि दुई जनाको मृत्यु

232
Do not let children ride a motorcycle before enough age. because of our negligence would result in losing baby forever.

साझट्युब : १५ जेठ, विराटनगर ।

मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा गएराती मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामापरि दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार को १० प ३५९९ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका-११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ बर्षीय अनिल चौधरीको मृत्यु भएको छ ।

 

दुर्घटनाभएलगतै गम्भीर घाइते भएका दुवै जनालाई उपचारका निम्ति विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल लगिएको थियो । उपचारकैक्रममा चौधरीको राति ९ः४० बजेतिर र धिमालको आइतबार -आज) बिहान लगभग ६ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका भनाई अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टरमध्ये कुनचाही सवारी साधनमा मोटरसाइकल ठोकिन्दा दुर्घटना भएको हो भन्ने यकिन
नभइसकेकोले बस र ट्याक्टर तथा दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ ।

प्रहरीका भनाइ अनुसार प्रारम्भिक अनुसन्धानले बसमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको देखिन्छ । तीव्र गतिमा रहेको मोटरसाइकल कन्ट्रोल गर्न नसक्दा सडकमा रोकेर राखेको ट्याक्टरमा ठक्कर खाएपछि बसमा ठोक्किन पुगेको पनि हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

 

LEAVE A REPLY