मोरङको सुनवर्षी नगरपालिकाको दुई वडामै नेपाली कांग्रेसको प्यानल विजयी

304

साझट्युब :१  जेठ, विराटनगर ।

मोरङको सुनवर्षी नगरपालिकाको दुईवटा वडामै नेपाली कांग्रेसको प्यानल नै विजयी छन् । वडा नम्बर १ र २ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

सुनवर्षी निर्वाचन अधिृकतको कार्यालयका बमोजिम वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार वीरबहादुर राई १ हजार २११ मतसहित विजयी भएका हुन् । राईका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हेम राईले १ हजार ३७ मत प्राप्त गरे ।

 

वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसकै विनोदकुमार राजवंशीले १ हजार ९६ मतसहित विजयी भएका हुन् । राजवंशीका प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर श्रेष्ठले ६१७ मत पाएका छन् ।

धनपालथान–१ मा माओवादी केन्द्र

मोरङको धनपालथान गाउँपालिका-१ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार खाजा हुसैन मिया बिजयी भएका हुन् । हुसेनले ५८२ मत पाएका छन् । मियाको प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार मुबारक मियाले ४३० मत प्राप्त गरेका छन् ।

कानेपोखरी–७ र कटहरी–१ मा एमाले

मोरङको कानेपोखरी गाउँपालिकामा एक र कटहरी गाउँपालिकामा एक वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् । कटहरी-१ को अध्यक्षमा एमाले उम्मेदवार हरिनारायण राजवंशी बिजयी भएका छन् । उनले ९६० मत प्राप्त गरे । निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वनाथ माझीले ८४९ मत ल्याए ।

मोरङकै कानेपोखरी गाउँपालिका-७ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । वडाध्यक्षमा मोहन अधिकारी प्यानलसहित विजयी भएका हुन् । अधिकारी यसअघि पनि वडाध्यक्ष थिए । १ हजार ३२८ मत पाएर अधिकारी वडाध्यक्षमा निर्वाचित हुँदा निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमृत चेम्जोङले १ हजार मत पाए ।

यसैगरी कानेपोखरी-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रत्नबहादुर कार्की विजयी भएका हुन् । कार्कीले १ हजार १०८ मत पाएका छन् । एमाले उम्मेदवार तोर्णबहादुर कार्कीले ८५२ मत प्राप्त गरेका थिए ।

LEAVE A REPLY