मोहना नदीमा डुबेर दुई जना बालककाे मृत्यु

225

साझट्युब : १५ जेठ,धनगढी । 

धनगढीमा नदीमा डुबेर दुई जना बालककाे मृत्यु भएकाे छ ।

धनगढी उपमहानगरपालिका -३ स्थित धनगढीलाई कञ्चनपुरकाे राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका -३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता रहेका छन् ।

अनुप चाैधरी नदीमा डुबेपछि निकाल्न गएका गुप्ताकाे पनि डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीको भनाइ छ ।

दुवै जनाकाे शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएकाे छ ।

LEAVE A REPLY