म्याराथन धाविका पुष्पा भण्डारीको खुट्टामा प्लास्टर

265

साझाट्युव : १ ,कात्तिक, पोखरा ।

पोखरामा चलिरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन दौडिरहेको समयामा म्याराथन धाविका पुष्पा भण्डारीको खुट्टा फ्याक्चर भएको हो ।

लगभग २० किलोमिटर दूरीलै पारगरे संगै उनलाई खुट्टा दुखेको महसुस भएको थियो । दुखिरहेको अवस्थमा पनि थप १० किलोमिटर दौडिन् । त्यसपछि भने उनी उभिनै नसक्ने भईन ।

जब ´२० किलोमिटर पार गर्दैगर्दा उनको, खुट्टा दुख्यो`, उनले त्यो दुखाईलाई ´वास्ता गरिनँ र १० किलोमिटर कुदेँ ,त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि कुद्न सकिनँ उनले भनिन ।`

उनको पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार भएको छ । उनको गोलीगाँठो भन्दा तलको रहेको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले भनेका छन् ।

उनले १३औं दक्षिण एसियाली खेलकुद सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी रजत पदक जितेकी थिइन । उनी महिला म्याराथनतर्फ बाट सागमा पदक जित्ने पहिलो खेलाडी पनि हुन् ।

एपीएफ क्लबमा आवद्ध पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी रहेता भए पनि उनलाई चोटका कारण सपना पूरा नभएको आफ्नो प्रतिक्रिया दिएकी हुन् ।

LEAVE A REPLY