साझाट्युव : असोज २८,गोरखा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने म गोरखा आउने कुरा कुनै जित र हारसित सरोकारको विषय नभएको उनले भनेका छन् ।
माओवादी केन्द्र गोरखाद्वारा गोरखा सदरमुकामस्थित पार्टी कार्यालयमा आज आयोजना भएको निर्वाचनलाइ केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टीले नयाँ रूपान्तरण थालनीका निम्ति गोरखामा चुनाव लड्न आएको स्पष्टगर्दै उनले आफ्नो धारण राखे । ‘ आफु गोरखा आउनुको कारण पार्टीलाइ निर्माण गर्न साथै,रूपान्तरण र क्रान्तिकारी बीउलाई बचाउनका निम्ति हो । यहाँ जित र हारको कुरा त प्रतिक्रियावादीको टिप्पणी मात्र हो दाहालले भने ।’
म चितवनदेखि गोरखा आउँदै गर्दा चितवनका राजनीतिक दल,साथै नेता कार्यकर्ताहरुमा रूवाबासी चलेको भन्दै उनले चितवनमा पनि जीत सुनिश्चित रहेको ठाउँ भएको बताए ।
‘प्रचण्ड गोरखा जादैछ भन्ने चर्चाचलेपछि चितवनमा त आतङ्क नै भयो,’ दाहालले भने, ‘माओवादी नेता कार्यकर्ता नभएर कांग्रेसका जिल्ला पार्टी, एमालेका निर्वाचित जनप्रतिनिधिलगायतले हामीतपाईंलाई चितवनबाट जिताउँछाैँ चुनाव लडि दिनुस् भनेर आउनुभयो तर प्रतिक्रियावादीले भने हारको भ्रम फैलाइदिरहेका छन् ।’
त्यसैगरी फरक प्रसङ्गमा उनले अन्तिम युद्ध कसले जित्ने हो भन्ने फैसला अझै हुन बाँकी भएको समेत बताए ।