युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिए संगै एसिया कपमा छनोटको लक्ष्य अस्मिनाले लिइन् ५ विकेट

233

साझाट्युव : १०, असार काठमाडौं ।

मलेसियामा चलिरहेको एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईले नेपाललाई जितका निम्ति ८२ रनको लक्ष्य दिएको छ । नेपालले एसिया कपमा पुग्नका निम्ति यो लक्ष्यमा पुग्नुपर्नेछ ।

अस्मिना कर्माचार्यले शानदार बलिङ्ग गर्दै ५ विकेट लिसकेपछि नेपालद्वारा एक बल अगावै युएई ८१ रनमा अलआउट भएको हो ।

च्याम्पियन्सिपको फाइनलमा पुग्ने दुई टिम एसिया कपमा छनोट हुने भएका छन् , एसियाका बेष्ट राष्ट्रसँग खेल्ने मौका मिल्ने छन् ।

मिडियम पेसर अस्मिना कर्माचार्य तथा स्पीनहरु सीता राना मगर र इन्दु बर्माले उत्कृष्ट बलिङ दिएपछि नेपालले युएईलाई कम स्कोरमा रोकेको छ ।

 

यसैगरी अस्मिनाले ३.५ ओभरमा १० रन मात्र खर्चेर ५ विकेट प्राप्त गरिन । त्यस्तै इन्दु बर्माले ४ ओभरमा १६ रन खर्चेर ३ तथा सीता राना मगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । भने कप्तान रुविनाले विकेट नलिए पनि ४ ओभरमा १२ रन मात्र गुमाइन ।

युएईका निम्ति आठौं नम्बरमा ब्याटिङ गरेकी वैस्नभी महेशले सर्वाधिक १६ रन ल्याउदा ओपनर इशा ओझाले १५, कप्तान द्धायँ मुगलले १४ र खुशि शर्माले १२ रन थपिन।

अस्मिनाले शानदार बलिङ गरेर ५ विकेट लिइन् । भने टी-२० मा अस्मिनाको यो व्यक्तिगत उत्कृष्ट बलिङ थियो । नेपालको निम्ति यो बलिङ समग्रमा तेस्रो उत्कृष्ट हो । यो भन्दा अगाडी पनि अन्जली चन्दले १३ औं दषिण एसियाली खेलकुदमा माल्दिभ्स विरुद्ध २.१ ओभरमा एक रन समेत नदिई ६ विकेट लिएकी हुन् । यसैगरी नेरी थापाले २०१९ मा टी २० विश्वकप एसिया छनोटमा हङकङको विरुद्ध ४ ओभरमा ८ रन खर्चेर ६ विकेट लिएकी थिइन् ।

LEAVE A REPLY