योगेश भट्टराईले गाउँपालिकामा स्वयंसेवक राख्ने सरकारको बजेट व्यवस्थालाई उद्देश्य बिहिनको संज्ञा

255

साझट्युब :  १७ जेठ काठमाडौं ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रत्येक गाउँपालिकामा ३ सय स्वयंसेवक राख्ने सरकारको बजेट व्यवस्थालाई ‘राता मण्डले र सेता मण्डले’ जस्तै हो ? भनेर प्रश्न गरेका हुन् ।भट्टराईले यदि त्यस्तै हो भने आफूहरुलाई त्यो कदापी स्वीकार्य नहुनेभनेर चेतावनी दिएका हुन् ।

मंगलबार सुरु गरेको प्रतिनिधि सभामा बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफलमा बोल्दै भट्टराईले प्रत्येक गाउँपालिकामा ३ सय स्वयंसेवक राख्ने कुरा स्वागतयोग्य भएपनि त्यसको उद्देश्यबारे प्रस्ट नभएको बताए हुन् । ‘स्वयंसेवक राख्ने कुरा स्वागतयोग्य हो तर यसले के गर्छ ? बाटो बनाउँछन्, स्कुल बनाउँछन् ? सरसफाई गर्छन्, जनचेतना जाग्ने काम गर्छन् ? त्यस्तै यी राता मण्डले हुन् या सेता मण्डले हुन् ?’, उनले प्रश्न गर्दै भने, ‘राज्यको पैसा दोहन गर्ने, राज्यको ठेक्कापट्टा कब्जा गर्ने ? खोला नाला र जंगल कव्जा गर्ने अनि विरोधी विचार राख्नेहरुमाथि जाइलाग्ने हो ?’

उनले यी राता मण्डले र सेता मण्डले बनाउन स्वयंसेवक राख्ने हो भने किमार्थ मान्न नसक्ने चेतावनीसामेत दिएका छन् ।

LEAVE A REPLY