
साझाट्युव : १ असार,बुटवल ।
स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणले गर्दा बजेट प्रस्तुतका निम्ति बसेको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरेको छ ।
प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरण बिषयामा सरकारले प्रदेश सभा वैठकमा जवाफ नदिएसम्म बैठक चल्न नदिने एमालेको घोषणागरे संगै बैठक २५ मिनेटलाई रोकिएको थियो ।
बैठक सुरुवात गरे लगत्तै राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको एमाले संसदीय दलको प्रमुख सचेतक भूमिश्वर ढकालले जवाफ दिनलाई माग राखेका थिए । त्यस्तै सभामुख पूर्ण घर्तिले जवाफका निम्ति सरकारलाई निर्देशन गर्दै २५ मिनेटका निम्ति बैठक रोकेका थिए ।
यसअघि नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले सरकारले जवाफ नदिएसम्म वैठक सुचारु गर्न नदिने निर्णय समेत गरेको थियो ।
गत मंगलबार राज्यमन्त्री वलीले एकराज बस्नेतको घरमा गई उनको श्रीमती मीना भण्डारी बस्नेत साथै छोरीलाई समेत कुटपिट गरेकी थिइन् । त्यसलगतै प्रहरीले उनलाई नियन्त्रणमा लिएको र उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मुख्यमन्त्री कुलप्रसाद केसीले प्रहरीलाई फोनमार्फत दबाव दिएर छुटाएको सांसद ढकालको आरोप छ ।
सरकारद्वारा राज्यमन्त्री विमलाको घटनाबारे छानबिन गर्नको लागि तीन सदस्यीय समिति गठन गरेको छ ।