राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाबीर पुनलाई फ्रान्समा सम्मान

184

साझट्युब :१  जेठ, काठमाडौँ ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं समाजसेवी डा. महाबीर पुनलाई फ्रान्समा बस्ने नेपालीहरुले सम्मान गरेका छन् ।

फ्रान्स पुग्नुभएका उहाँलाई आइतबार फ्रान्सको लिजोन आर्मीमा कार्यरत नेपालीहरुले सम्मान गर्नुका साथै राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग पनि उपलब्ध गराएका छन् ।

सामाजिक संजाल यसो लेख्नु हुन्छ डा. महाबीर पुन:

फ्रान्सको दक्षिण भागमा रहेको Avignon भन्ने ठाउँमा French Foreign Legion भन्ने फ्रान्सेली सेनामा कार्यरत नेपाली भाईहरु संग भेटघाट र अन्तरक्रिया कार्यक्रम भयो। भाईहरुले मलाई आर्मीको कम्ब्याट ड्रेस प्रदान गरे र मैले त्यो ड्रेस लगाएको फोटो पनि हेर्नु होस् । कार्यक्रमको लागी धेरै धन्यबाद छ।
फ्रान्सेली बिदेशी आर्मी (French Foreign Legion) को स्थापना सन् १८३१ मा भएको रहेछ र त्यो आर्मीमा अहिले १५० देशका करिब १० हजार भन्दा बढी बिदेशीहरुले काम गर्दा रहेछन । सो सेनामा नेपालीहरुको संख्या हाल ९०० जना जति रहेछ । सो French Foreign Legion आर्मीमा ९०% सेना बिदेशीहरु नै रहेछन र १०% जति मात्र फ्रान्सेली रहेछन । उनीहरुले पाउने तलब, सुबिधाहरु अन्य फ्रान्सेली सेनाले जत्ति कै पाउँदा रहेछन । ईतिहासमा फ्रान्सले धेरै नै ठुला ठुला लडाईहरु लडेको थियो र उनीहरुलाई जहिले पनि सिपाहीहरु चाहिने हुनले बिदेशीहरुलाई पनि सेनामा भर्ना गर्ने चलन बसालेका रहेछन।
बिदेशीहरुलाई सेनामा भर्ना गर्ने तरिका पनि अचम्मको रहेछ। पासपोर्ट भएको जो सुकै विदेशीले पनि सेनामा भर्ती हुन आबेदन दिन सक्दा रहेछन । भिसा भएको, नभएको र कुन भिसामा आएको भन्ने कुराहरु केहि पनि नेहेर्दा रहेछन । छनोट प्रक्रियामा पास भए पछि भर्ति गर्दा रहेछन । यसरी विदेश सेनामा भर्ति भएर काम गर्ने अधिकांश नेपालीहरु भर्ति हुने प्रमुख कारण बाध्यता नै हो । नेपालमा आफुले मन पर्ने रोगजारी पाउने हो भने कुनै पनि नेपालीले बाध्य भएर विदेश सेनामा र बिदेशी भूमीमा काम गर्नु पर्ने थिएन । यस्तो बाध्यता लाइ कम गर्ने मुख्य उपाय भने कै अनुसन्धान र आविष्कार द्वारा देशको अर्थतन्त्र सुधार्नु हो । त्यसको लागी राष्ट्रिय आविष्कार केन्द्र जस्तै धेरै धेरै अनुसन्धान केन्द्रहरु खोल्नु पर्छ र देशमा धेरै धेरै उद्यमीहरु उत्पादन गर्नु पर्छ ।

 

LEAVE A REPLY