रोल्पामा गोला प्रथावाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी

328

साझट्युब : ३१, वैशाख, रोल्पा ।

स्थानीय तहको निर्वाचनमा रोल्पा नगरपालिका वडा नं. २ मा उमेदवारको मत वरावर भएपछि गोलाप्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

वडा नं. २ मा नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी र नेपाली कांग्रेसका देउचन घर्तीमगरबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो ।

दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथावाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका छन् ।

सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।

LEAVE A REPLY