साझट्युब :१ जेठ, ललितपुर ।
ललितपुर महानगरमा सत्ता गठबन्धनले तालमेल गरेर कांग्रेसको मेयर र माओवादी केन्द्रको उपमेयरको उम्मेदवार चुनेका हुन् । तर मतदान गणना गर्दा उपमेयरमा रुख चिह्नमा समेत मत परेको छ ।
कांग्रेसले उपमेयर नउठाएको उक्त महानगरमा कांग्रेसको रुख चिह्नमा ३११ मत खसेको छ तर गठबन्धनबाट नै उपमेयरमा उठेका माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले भने १६७ मत पाएका छन् ।
मेयरमा उम्मेदवारी नदिएको माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्मा १० मत परेको छ ।
उपमेयरमा एमालेका उम्मेदवारले पहिलो स्थानको मत पाएका छन् । एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले उपमेयरमा ४२० मत ल्याएकी छन् ।
ललितपुरमा कांग्रेसका मेयर चिरिबाबु महर्जन फराकिलो अन्तरले अघि छन् । उनले ८७७ मत ल्याउँदा एमालेका उम्मेदवारले ४०२ मत पाएका छन् । एमालेबाट हरिकृष्ण व्यञ्जनकार मेयरको उम्मेदवार छन् ।