विमान इन्जिनमा समस्या देखिएपछि सकुशल काठमाडौं अवतरण

159

साझाट्युव :  २८ वैशाख, काठमाडौं । 

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ ।

विमानको ‘बायाँ इन्जिन’मा समस्या आएपछि काठमाडौंबाट २५ नटिकल माइल उडिसकेको श्रीको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको हो । विमानमा ८० जना यात्रु रहेको थिए सबै यात्रु सकुशल रहेका छन् ।

 

विमानलाई १२ बजेर ८ मिनेटमा काठमाडौंमा उक्त अवतरण गराइएको हो । एउटा इन्जिनमा समस्या आएपछि एउटा इन्जिनका भरमा मात्रै उक्त विमानलाई काठमाडौं फर्काइएको थियो ।

 

 

 

 

LEAVE A REPLY