साझट्युब : १६ जेठ,काठमाडौं ।
आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ ।
मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले सामाजिक सञ्जालमार्फत् सो नगरपालिकाको वडा नम्बर ११ स्थित लोटाका गोले परिवारका सात जनाको विमान दूर्घटनामा मृत्यु भएको जानकारी गराएका हुन् । उनीहरु मुक्तिनाथ दर्शनका लागि पोखराबाट विमानमा जोमसोम जाँदै गर्दा विमान दुर्घटना भएको हो ।
मेयर महतोका अनुसार दूर्घटनाग्रस्त विमानमा लोटाका राजन कुमार गोले, उहाँका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका थिए ।
यस्तै, गोरखाको एकै परिवारका चार जनाको पनि दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ एकै परिवारका हुन ।
ती शवलाई काठमाडौं शव काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने भएको छ। ।
जहाजमा १३ नेपाली, ४ भारतीय, २ जर्मन नागरिक यात्रु थिए भने ३ जना चालक दलसहित २२ जना रहेका थिए। बिहान १० बजेर ७ मिनेटमा म्याग्दीको शिख नजिकको आकाशबाट विमान सम्पर्कविहीन भएको थियो ।