साझाट्युव :असार १, लुम्बिनी ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ ।
दाङको तुल्सीपुर स्थित स्थानीय एकराज बस्नेतको घरमा पुगेर लफडा मच्चाएपछि ठुलो विवादमा तानिएकी उनलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयले जनाए अनुसार मानसिक तनावका कारण स्वास्थ्यमा समस्या देखिएपछि मन्त्रि खत्रीलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।
मन्त्रि खत्रीले भने आफूले सामान्य रुपमा हिसाब किताब मिलाउनको लागि बस्नेतको घरमा गएको तर आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्नका लागि आफूमाथि षडयन्त्र भएको दाबी गरेकी छिन्। बस्नेतको श्रीमती र छोरीमाथि हातपात गरेको उनीमाथि आरोप छ ।