विवादित अर्थमन्त्री शर्माद्वारा राजीनामा

158

साझाट्युव : २२ असार, काठमाडौं ।

२२ असार, काठमाडौं । लामो समयदेखि विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा सिंहदरबार भित्र रहेको अर्थमन्त्रलायमा बाहिरका अनधिकृत व्यक्तिहरुको प्रवेश गराई राजस्व दरमा व्यापक हेरफेर गरेको आरोपमा छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए संगै शर्माले राजीनामा दिएका छन् ।

यस लगतै विशेष समय लिएर बोल्दै अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने बाचा साहित् राजीनामा घोषणा गरे । ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, उनले भने, ‘छानबिनका निम्ति मैले माार्गप्रशस्त गर्न आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’

उनले बजेट निर्माणका क्रममा आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । विगतमा अर्थमन्त्रीमाथि प्रश्न उठेर छानबिन हुँदा समेत राजीनामा नदिएको भन्दै शर्माले अघि भने, मैले गल्ती गरेको छैन, तपाईंहरुको आवाजलाई सम्मान गर्दै राजीनामा दिएको छु ।’

LEAVE A REPLY