विश्वकै होचा ‘टिनएजर’ सिन्धुलीका डोरबहादुर खपाङ्गीले राखे विश्व कीर्तिमान

173

साझट्युब : ११ जेठ, काठमाडौं ।

विश्वकै होचो किशोरको रुपमा सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्व कीर्तिमान बनाएका छन् ।

गोलन्जोर गाउँपालिका–४ का १८ वर्षीय खपांगीको उचाइ ७३.४३ सेन्टिमिटर(२ फिट ४.९ इन्च) छ । १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् ।

उनलाई सोमबार पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले प्रमाणपत्र दिएका हुन् ।

उनलाई दिइएको प्रमाणपत्रमा भनिएको छ,’संसारको सबैभन्दा होचो टिनएजर(पुरुष) डोरबहादु खपांगी (१४ नोभेम्बर २००४ जन्म) जसको उचाइ ७३.४३ सेमि छ ।’

यसअघि भारतकी ज्यो एमेगलाई सन् २००९मा सबैभन्दा होची टिनएजरको उपाधि दिइएको थियो । उनको उचाइ ६१.९५ सेमी थियो ।

LEAVE A REPLY