वीरेन्द्रनगरको नगरपालिका प्रमुखमा कांग्रेसको अग्रता, भने राप्रपाले पछ्याउँदै

239

साझट्युब : ३१, वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसले पराम्भिक अग्रतामा रहेको छ ।

वडानम्बर १ मा ५० मतगणना हुँदा कांग्रेसका उपेन्द्र खड्काले १६ मतका साथ अग्रतामा रहेका छन् ।

दोस्रो स्थानमा राप्रपा रहेको छ । राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत प्राप्त गरेका छन् भने । तेस्रोमा रहेकी एमालेकी मोहनमाया ढकालले ६ भोट ल्याएकी छन् ।

त्येस्तै उपमेयरमा माओवादीकी उम्मेदवार शान्ति ढकाल अग्रतामा रहेकी छन् ।ढकालले २३ मत पाएकी छन् । दोस्रोमा रहेका एमालेका नीलकण्ठ खनालले १० मत प्राप्त गरेका छन् ।

वीरेन्द्रनगरमा कांग्रेस र माओवादीको गठबन्धन रहेको छ । भने एमाले र एकीकृत समाजवादी एक्लै -एक्लै लडेको हो ।

LEAVE A REPLY