वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे पुनरावलोकन गर्नुपर्ने :अध्यक्ष नेपाल

180

साझट्युब : ३० जेठ, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वैदेशिक सहायता साथै ऋण वा अनुदान लिने सर्तबारे पुनरावलोकन गर्नुपर्ने भनेका हुन् ।

आजको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले आफ्नो धारणा राखेका छन् । ‘वैदेशिक सहायता साथै ऋण वा अनुदान लिने सर्तबारे रिभ्यु गर्न पाए हुन्थ्यो । यसबारे हामीलाइ क्लियर हुनुपर्छ भनेर नेपालले आफ्नो राय राखेका हुन् ।

 

अध्यक्ष नेपालले कुनै पनि विदेशीको हस्तक्षेपलाइ स्वीकार्य हुनेछैन भन्दै उनले नेपालको असंलग्न परराष्ट्र नीतिबारे ध्यान दिनुपर्ने पनि भनेका छन् । ‘हामी असंलग्न परराष्ट्र नीतिमा बाधा पुग्ने ढंगले कतै काम हुन पुगेन त्यससम्बन्धमा सचेत र सतर्क बन्न सक्यौं कि सकेनौं । त्यसको पनि हामीबाट समीक्षा हुनुपर्ने आवश्यक छ,’ नेपालली भने ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्बान्धमा संसद र सिंगो देश जानकारी हुनुपर्ने; भन्दै ‘के-के तयारी गरिरहेको छ,त्यसको सबै जानकारी हुनुपर्छ उनले भने ।’

LEAVE A REPLY