शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

163

साझाट्युव : बैशाख १४, काठमाडौँ । 

सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे देखि साँझ ५ः३० सम्म कार्यालय सञ्चालन गर्नुपर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

नेपाल आयल निगम समेतको सुझावको आधारमा मन्त्रिपरिषद् मा यो विषय विचाराधीन रहेकामा हाल निर्णय गरिएको हो । यो निर्णयले पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै यातायात जाम पनि कम हुने विश्वास सरकारको छ ।

LEAVE A REPLY