श्रीमानउपर जबरजस्ती करणीको उजुरी

238

साझाट्युव : १८ साउन,बुटवल ।

रुपन्देहीको तिलोत्त स्थित -१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानको उपर जबरजस्ती करणी (बलात्कार) गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

उनले इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् मोहन चौधरीमाथि जबरजस्ती करणीको उजुरी दिएकी छन् ।

चौधरीलाई मोहनले साउन १५ गतेबाट पटक-पटक गरेर आफूमाथि जबरजस्ती करणी साथै कुटपिट गर्दै आएको भन्दै वर्षाले कारबाहीको माग राखेकी छन् । गत साउन १४ गते राति मदिरा पिएर आएका मोहनले उनलाई कुटपिट समेत गरेको जोहेरीमा उल्लेख रहेको छ ।

उनलाई श्रीमानले घरखर्च पनि नदिने, यातना दिने र सासू जागेश्वरी चौधरी र ससुराले पनि बेवास्ता गर्दा आफ्नो बच्चाको लालनपालनमा समस्या भएको जाहेरीमा उल्लेख छ ।

उजुरी दिने वर्षा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख चौधरीकी बुहारी हुन् । उनले आफ्नो सासूलाई पनि झिकाएर छानबिनको माग गरेकी हुन् ।

उनका श्रीमान मोहन नवलपरासीस्थित आफन्तको घरमा रहेको जानकारी पाएको उनलाई ल्याएर थप अनुसन्धान अगाडी बढाउने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख अधिकारिले जानकारी दिए ।

वर्षाले मोहनसँग दुई सन्तानसहित बिहे गरेकी हुन् । आफू टुहुरी र अविवाहित भएको भन्दै झुक्याएर बिहे गरेको मोहनको परिवारको आरोप रहेको छ ।

जब उनि विवाहित र दुई सन्तानकी आमा भएको थाहा भएपछि उनीहरूबीच एक आपसमा असमझदारी र बेमेल बढेको थियो । नवलपरासी बर्दघाट माइत भएकी वर्षाले कपिलवस्तु बांणगंगाका श्रीमानसँग सम्बन्ध विच्छेद गरेर दोस्रो बिहे गरेकी हुन् ।

उनले आफ्नो दुई सन्तानलाई माइतमा नै राखेर उनी कपिलवस्तुमा एक्लै बस्दै आइरहेको समयामा मोहनसँग सामाजिक सञ्जालमार्फत एक अर्कामा चिरपरिचित भई विवाह गरेको थियो । उनिहरुबिच आपसी असमझदारीमा नै उनीहरुबीच सम्बन्ध विच्छेद गर्ने विषयमा सहमति नजिक पुगेता पनि वकिलहरूका कारणले हुन नसकेको परिवारको आरोप समेत छ ।

‘राजनीतिकरण भयो’

आफ्नो नाम समेतलाइ जोडेर वर्षाले दिएको उजुरीलाई तिलोत्तमा नगरपालिकाकी उपमेयर चौधरीले आफू उपर राजनीतिकरण’ भएको प्रतिक्रिया समेत दिएकी हुन् ।

उपमेयर चौधरीले भनिन्,‘घरमा रहेका छोरा बुहारीबीचमा असमझदारी, झैझगडा हुन सक्छ , त्यो हुनुमा सासू ससुराले नै भनेर गरे जसरी नाम जोड्नु राजनीतिकरण गरिएको छ’ ‘आफ्नै बुहारीलाइ हिंसा र अन्याय होस् भन्ने सायदै कुनै सासू ससुराले सोच्न सक्दैनन् तर यस सम्बन्धमा राजनीतिक प्रतिशोधले घटनालाई अघि बढाइएको छ ।’

त्यस्तै गरेर आफूले यस सम्बन्धमा छुट्टै पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउने चौधरीले बताइन् । इलाका प्रहरी कार्यालय मंगलापुरमा घरेलु हिंसा भयो भनेर उजुरी परेपछि पक्ष – बिपक्षलाई बोलाएर छलफल गराउने प्रचलित मान्यताविपरीत त्यसो नगराई अर्को दिन इलाका प्रहरी कार्यालय बुटवलमा अर्कै आरोपमा आफ्नो नाम जोडेर उजुरी गर्नु नियोजित भएको उनको भनाइ रहेको छ ।

 

LEAVE A REPLY