साझाट्युव : बैशाख ११,काठमाडौँ ।
संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट आज डिस्चार्ज भएका छन्।
जोशीलाई गत वैशाख १ गते बिहीबार, छातीमा असजिलो भएपछि ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो।
किष्ट अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यले जनाए अनुसार सत्यमोहन जोशीको जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो।
अहिले स्वस्थमा सुधार आएपछि डिस्चार्ज गरिएको बज्राचार्यले जनाए ।