सङ्‍घीय सरकारको हस्तक्षेपले प्रदेश सरकारले केही गर्न नसकेन : मुख्यमन्त्री राउत

184

साझाट्युव : ३ असार, महोत्तरी ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले प्रदेश सरकारले केही पनि गर्न नसकेको कुरा स्वीकार गरेका छन् । त्यस्तो केही गर्न नसक्नुको कारण सरकारको पाँच वर्षे कार्यकालमा सिक्ने र नियमावली बनाउनमा नै बितेको हुँदा स्वरोजगारबाट जतताहरुको समस्या समाधान गर्न नसकेको मुख्यमन्त्री राउतले जानकारी दिए ।

यसैगरी नेपाल चेम्बर्स अफ कमर्स महोत्तरीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले बोल्दै ‘युवाहरूलाई उधमशील बनाएर स्वरोजगार तथा वैदेशिक पलायनलाई रोक्नुपर्ने हो |

बिडम्बना तर मधेस प्रदेशमा नै सबैभन्दा बढी युवाहरु पलायन भईरहेका छन्’ । सङ्‍घीय सरकारको हस्तक्षेपका कारण पनि काम गर्न बाताबरण नभएको पनि उनले बताए ।

LEAVE A REPLY