सरकारले टुँडिखेलमा विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनायो

273

साझट्युब : १५ जेठ,काठमाडौं । 

हरेक वर्ष आजको दिन अर्थात् जेठ १५ गते गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । यस वर्ष पनि सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाएको छ । आज देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो ।

सरकारले सैनिक मञ्च टुँडिखेलमा पृष्पवृटि र सुरक्षाकर्मीको कवाजका साथ गणतन्त्र दिवस मनाएको हो । कार्यक्रममा सर्वत्र शान्तिको कामना गर्दै शान्तिको प्रतिक परेवा उडाइएको छ भने नेपाली सेनाले सलामी अर्पण गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्की लगायत संवैधानिक निकायका पदाधिकारीहरुको सहभागिता थियो ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको थियो ।

राज्यशक्ति जनतामा रहनेगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको दिनका रुपमा हरेक वर्ष आजको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

LEAVE A REPLY