साना तथा मझौला उद्योगहरूको संरक्षण गर्नलाई प्रवर्द्धनात्मक काम गर्न प्रधानमन्त्रीको आग्रह

127

साझाट्युव :२ असार, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साना तथा मझौला उद्योगहरूको संरक्षण लागि स्थानीय उत्पादनलाइ प्रवर्द्धन गर्न सके मद्दत पुग्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शद्वारा काठमाडौंमा भएको नेपाल चेम्बर एक्स्पो २०२२ को आयोजनामा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निकासी बढाउनलाइ पनि स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्नुपर्ने कुरा बताएका हुन् । स्वदेशी कच्चा पदार्थ र सीपमा आधारित उत्पादन प्रवर्द्धनका निम्ति यस्ता एक्स्पो र व्यापार मेलाले भूमिका खेल्नुपर्ने पनि उनले बताए ।

चेम्बरले नेपाली अर्थ क्षेत्रमा निर्वाह गरेको दवित्वोबारेमा प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले निजी क्षेत्रसँगको सहकार्यका निम्ति सरकार सधैँ सकारात्मक भएको समेत बताएका छन् । कोभिडकै कारणले ठप्प बनेको पर्यटन क्षेत्र फेरि विस्तारै चलायमान हुन थालेको भन्दै उनले पर्यटकको आगमन बढाउनलाइ पर्यटन प्रवद्धन गर्ने कार्यक्रमहरू ल्याउन निजी क्षेत्रलाई आग्रह समेत गरे ।

यसकिसिमको एक्स्पोहरूले उत्पादन र उपभोक्ताबीचको सीधा सम्पर्क स्थापित हुने भएकाले निरन्तर भैइरहन्नुपर्ने उनले बताए ।

LEAVE A REPLY