सिरहामा मतदाताको घरमै पुगेर पैसा वितरण गर्ने एक जना प्रक्राउ

144

साझाट्युव :  २८ वैशाख, काठमाडौं । 

सिरहामा मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेकाे अवस्थामा नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् ।

उनको साथबाट मतपत्र र ५४ हजार रूपैयाँ बरामद भएको हो ।लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन् ।

गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा देवनाथ साह पुन: उम्मेदवार बनेका छन् ।

 

LEAVE A REPLY