साझाट्युव : बैशाख १२, काठमाडौँ ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज सोमबार दोस्रो दिन पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । ३०, बैशाख मा हुने चुनावका लागि देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरू उम्मेदवारी दर्ता गरिरहेका छन् । हिजो आइतबार देखि दर्ता प्रक्रिया सुरु भएको हो ।
निर्वचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्मको तथ्यांक अनुसार पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १८ हजार ७ सय ४२ जनाको उम्मेदवारी परेको छ । जसमा मेयरको प्रमुखमा ८६३, अध्यक्षमा ६९५,उपप्रमुखमा ४२४,उपाध्यक्षमा ३८९,वडाध्यक्षमा ५०५४, महिला सदस्यमा ६१०८,दलित महिला सदस्यमा २८५४, सदस्य २३५५ गरी १८७४२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ताको समय सोमबार बेलुका ५ बजेसम्मलाई तोकिएको छ ।