![](https://sajhatube.com/wp-content/uploads/2022/09/tf.jpg)
साझाट्युव : असोज २३ ,काठमाडौं ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा २ देखि उम्मेदवारमा उठ्ने भएका छन् । स्याङ्जा १ गृह क्षेत्र भएका गुरुङले क्षेत्र नम्बर २ देखि प्रतिनिधि सभा सदस्य उम्मेदवारको टिकट पाएका छन् ।
उनको प्रतिस्पर्धामा नेकपा एमालेकी सचिव पद्मा अर्यालसँग हुने भएको छ । उपसभापति गुरुङको यो पहिलो चुनावी प्रतिस्पर्धा रहेको छ ।
त्यसैगरी स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेसले जिल्ला सभापति राजु थापालाई टिकट प्रदान गरेको छ । सत्ता गठबन्धनको भागबण्डामा प्रतिनिधि सभातर्फ स्याङ्जाका दुबै क्षेत्रमा नेपाली कांग्रेसले पाएको हो ।